Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मानव बेचबिखनका फरार प्रतिवादी कृष्ण सुनार कुवेतबाट स्वदेश ल्याइए


भदौ १२ गते, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा फरार भई ‘इन्टरपोल’मार्फत ‘रेड नोटिस’ जारी गरिएका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरी नेपाल ल्याइएको छ ।

सुर्खेत भेरीगङ्गा नगरपालिका–२, सप्तरी समाझिङ्घाका सुनारलाई कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा पक्राउ गरिएको र बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई कानूनी प्रक्रिया पूरा गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइनेछ ।

Top Post Ad

post bottom ads

Ads Bottom