Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रमिटेडाँडामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान


भाद्र ११,

दोलखाको भीमेश्वर नगरपालिका–६ रमिटेडाँडामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ।

मंगलवार राति करिब ९ बजे लामोसाँगु–जिरी सडकखण्ड अन्तर्गत रमिटेडाँडामा चरिकोटतर्फ गइरहेको बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ९३ प ८८९९ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा भीमेश्वर नगरपालिका–५ का २३ वर्षीय शिरिष वस्नेत र बैतेश्वर गाउँपालिका–३ मिर्गेका २६ वर्षीय सुजन दहाल (श्याम बहादुर खत्री)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो।

दुर्घटनामा परेका मोटरसाइकलमध्ये बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल निर्मल खड्काले चलाइरहेका थिए भने मृतक शिरिष वस्नेत पछाडि सवार थिए। त्यस्तै, बा ९३ प ८८९९ नम्बरको मोटरसाइकलमा मृतक सुजन दहाल मात्र सवार रहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom