Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्ड अङ्ग्रेजी आवासीय मावि पोखरामा खुला तीज नृत्य प्रतियोगिता सम्पन्न

प्रतियोगीहरूसँग विद्यालय संस्थापक निर्देशक र प्राचार्य 


पोखरा, भदौ ६ । पोखरा महानगरपालिका–१५ मा अवस्थित मेरिगोल्ड अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा आज धुमधामका साथ खुला तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ। कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक रुपमा आयोजना गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ।


जुनियर समूहतर्फ न्युजल गुरुङ, आराध्या जि टी र योजन गुरुङको टोली प्रथम भएको छ भने नम्रता सुनार र सुवानी खड्का द्वितीय बनेका छन्।

त्यस्तै सिनियर समूहतर्फ गुन माया गुरुङ, रोशनी सुनार र बोन्शिखा गुरुङको टोली प्रथम बनेको छ भने युबिना गुरुङ, जेसिका दाहाल र जोत्सना मल्लको टोली द्वितीय स्थानमा रहेको छ।


कार्यक्रमको निर्णायकमा शिक्षकद्वय सञ्जय गुरुङ र सुसिला क्षेत्री रहेका थिए।


कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक मोतीराम गुरुङले तीज जस्ता पर्वहरूले संस्कृतिको संरक्षण गर्ने मात्र नभई विद्यार्थीहरूमा प्रतिभा विकास गर्ने अवसर प्रदान गर्ने बताउनुभएको थियो ।

त्यस्तै विद्यालयकी प्राचार्य शर्मिला गुरुङले तीज प्रतियोगितामार्फत विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि हुने र सहकार्य गर्ने भावना मजबुत हुने धारणा राख्नुभएको थियो ।


प्रतियोगितामा विजयी टोलीहरूलाई आकर्षक पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom