भदौ १०, सिन्धुपाल्चोक।
तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको एक बलेरो भोटेकोशी गाउँपालिका–४ मा सडकबाट २० मिटर तल खस्दा दुई जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार बा २१ च ७५४४ नम्बरको बलेरो सोमबार भोटेकोशी नदीमा खसेको हो। दुर्घटनामा रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो र चालक सर्लाही बरथह नगरपालिका–२ का २३ वर्षीय राजेशकुमार कुसहवा बेपत्ता भएको जनाइएको छ।
प्रहरीका अनुसार बलेरोलाई टुचन लगाएर तान्ने क्रममा एकजनाको शवलाई नदीले बगाएको छ। दुवै जनाको खोजी कार्य हालसम्म जारी रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेस पाण्डेले बताए।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


.png)

