Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अटो दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ११ जना घाइते

 

भदौ १०, नवलपुर।
नवलपुरको देवचुली नगरपालिका–६ टोक्रेखोला पुल नजिक अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार कीर्तिपुरबाट दलदलेतर्फ जाँदै गरेको लु १ स ९०९४ नम्बरको सामान बोक्ने अटो दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा भारत मोतिहारीकी ३५ वर्षीया रिजुवान खातुनको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। त्यस्तै, मोतिहारीकै ३५ वर्षीया सवना खातुन गम्भीर घाइते भई भरतपुरमै उपचाररत छिन्।

प्रहरीका अनुसार अन्य घाइतेहरूमा मोतिहारीकै १८ वर्षीया रजिया खातुन, ४२ वर्षीय मोहम्मद रजा, १५ वर्षका मेहेक इस्तियाक, ४० वर्षीय इस्तियाक आलम, १८ वर्षका मोजमा इमाम, १२ वर्षकी जोया इस्तियाक, ११ वर्षीय निजामुद्दिन हुसेन, १४ वर्षकी सावा खातुन, १२ वर्षीय उमर रजा र १६ वर्षीया कुलसुम वान रहेका छन्। उनीहरूको उपचार चितवनको पुरानो मेडिकल कलेजमै भइरहेको छ।

प्रहरीका अनुसार उनीहरू भारतबाट नवलपुरको देवचुलीमा विवाहका लागि आएका थिए। विवाह समारोहमा सहभागी भएर पहाड घुम्ने उद्देश्यले कीर्तिपुर पुगेका उनीहरू फर्किने क्रममा दुर्घटना भएको हो।

Top Post Ad

post bottom ads

Ads Bottom