लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा–१४ चाउथे स्थायी घर भई हाल सिर्जनाचोकमा बस्दै आएका २६ वर्षीय दिपेन्द्र पुनलाई पक्राउ गरेको हो।
उनको कोठामा खानतलासी गर्दा खैरो हिरोइन (ब्राउनसुगर) जस्तो देखिने करिब १.५ ग्राम पदार्थ, ब्रुफिनुर्फिन ३ एम्पुल, डाइजापाम ३ एम्पुल, फेनेरागन ३ एम्पुल, मोबाइल फोन १ थान र डिजिटल तराजु १ थान बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पुनलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।