Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा नगर बस ओरालो बाटोमा नियन्त्रण गुमाएर दुर्घटनाग्रस्त, २१ जना घाइते

पोखरा, भदौ ९ – कास्कीको पोखरा–१३ आर्बामा सोमबार बिहान भएको नगर बस दुर्घटनामा २१ जना घाइते भएका छन्।

ग१ख ४०२७ नम्बरको बस बिहान करिब पौने १० बजे आर्बाबाट पोखरा आउँदै गर्दा ओरालो बाटोमा नियन्त्रण गुमाएर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

दुर्घटनापछि घाइते यात्रुलाई तत्कालै उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो। तीमध्ये ११ जना उपचारपछि डिस्चार्ज भएका छन् भने अन्यको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।

“चार जना मध्यम घाइते हुनुहुन्छ, बाँकी सामान्य छन्,” बस्नेतले भन्नुभयो, “दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।”

बसमा ३० जनाभन्दा बढी यात्रु सवार रहेका थिए। दुर्घटनापछि सबै यात्रुको उद्धार गरिएको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बसका चालक ४२ वर्षीय तेजबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Top Post Ad

post bottom ads

Ads Bottom