Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कारागारबाट फरार भएका दुई अमेरिकी नागरिक काठमाडौंमा पक्राउ





असोज ६, काठमाडौं।
बाल यौन दुराचार र जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका दुई अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका–३, महाराजगञ्जबाट सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कास्की जिल्ला अदालतको आदेशअनुसार बाल यौन दुराचार मुद्दामा कैद भुक्तान गर्दै आएका ७० वर्षीय माइकल नर्मन टेलर र काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका ४० वर्षीय जेसन लायड मुडी रहेका छन्।

दुवैजनाले गत भदौ २४ गते आ–आफ्ना कारागार — कास्की र जगन्नाथ देवल — बाट फरार भएका थिए। उनीहरूलाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाउने प्रक्रिया अघि बढाइएको सीआईबीले जनाएको छ।

सीआईबीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार, “फरार अमेरिकी नागरिक पक्राउ परिसकेका छन्, थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ।”



Top Post Ad

post bottom ads

Ads Bottom