Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दशैं–तिहारमा अवाञ्छित गतिविधि नगर्न स्याङ्जा प्रशासनको अनुरोध



असोज ६, स्याङ्जा ।
दशैं, तिहार, नेपाल संवत् र छठजस्ता नेपालीहरूको महान चाडपर्व नजिकिँदै गर्दा स्याङ्जा जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई शान्ति–सुरक्षा कायम गरी पर्व मनाउन कडा निर्देशन दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम दीपक पौडेलद्वारा जारी गरिएको सूचनामा पर्वका नाममा हुने अत्यधिक होहल्ला, अशोभनीय क्रियाकलाप, कालोबजारी, कृत्रिम अभाव र म्याद गुज्रेका सामान बिक्री–वितरण जस्ता गतिविधिमा संलग्न हुनेलाई कडा कारबाही गरिने चेतावनी दिइएको छ।

सूचनामा नाचगान वा सांस्कृतिक कार्यक्रमहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने प्रष्ट गरिएको छ। त्यस्तै, दीपावलीमा विद्युत् र मैनबत्ती प्रयोग गर्दा सावधानी अपनाउन, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर अशान्ति सिर्जना नगर्न र भीडभाड तथा हुलहुज्जत नगर्न आग्रह गरिएको छ।

प्रशासनले सवारीसाधनमा छतमा बस्ने वा झुण्डिएर यात्रा नगर्न र यात्रुबाट बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु राख्ने चालक–व्यवसायीमाथि तत्कालै कारबाही हुने चेतावनीसमेत दिएको छ। प्रहरी कन्ट्रोल नम्बर १०० मा यस्ता घटना देखेमा जानकारी दिन पनि अनुरोध गरिएको छ।

यस्तै, घर छोडी बाहिर जाँदा सुरक्षा उपाय अपनाउन, यात्रा गर्दा बहुमूल्य गरगहना प्रयोग गर्दा सतर्क रहन र बजारमा कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने प्रवृत्तिमाथि प्रशासनले विशेष निगरानी गर्ने जनाएको छ।

प्रशासनले जिल्लावासीलाई धार्मिक सहिष्णुता कायम गर्दै पर्व मनाउन आग्रह गर्दै भनेको छ, “अवज्ञा गर्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही हुन्छ।”



Top Post Ad

post bottom ads

Ads Bottom