भदौ १८, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै यसको असर नेपाली बजारमा पनि परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला रु. २ लाख ७ हजार ९०० पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
मंगलबार प्रतितोला रु. २ लाख ५ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु. २ हजारले बढेको हो।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला रु. ५ ले घटेर रु. २ हजार ४८० कायम भएको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च विन्दुमा पुगेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३,५३६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।