Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पुतलीसडकको व्यस्त बाटोमा माइक्रो बसको ठक्कर, दुई बालबालिका घाइते





काठमाडौं, भदौ १८ । राजधानीको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई बालबालिका घाइते भएका छन्।

पद्मोदय मोडबाट कमलादीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रो बसले सडक पार गर्दै गरेका ९ वर्षीय विवेक तामाङ र ५ वर्षीया आशिका राईलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते विवेकलाई अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने आशिकाको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ।

सो दुर्घटनापछि बस चालक २९ वर्षीय रामहरि विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom