Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चोरी गर्न आएका दुई जना स्थानीयवासीको सहयोगमा नियन्त्रण, दुई हजार बढी गोलीका खोका बरामद


असोज ५, नेपालगन्ज

नेपालगन्ज–३ एकलैनीमा चोरी गर्ने उद्देश्यले प्रवेश गरेका दुई जनालाई स्थानीयवासीले पक्राउ गरी प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट २,०९७ थान गोलीका खोका र केही औजारहरू बरामद भएको प्रहरीले जनाएको छ।

वडा नम्बर ३ का वडाध्यक्ष अय्युब सिद्दिकी का अनुसार आइतबार बिहान करिब ३ बजे पाँच जनाको समूह चोरी गर्न आएको थियो। उनीहरूले विद्युत् पोलमा जडान गरिएको बत्ती ढुङ्गा हानेर फोड्न खोज्दा स्थानीयवासीले घेराउ गर्दा एक जनालाई नियन्त्रणमा लिन सफल भए। त्यस क्रममा बिहानै अर्को एक व्यक्ति बोरा बोकेर साथीको अवस्था बुझ्न आउँदा उनलाई पनि पक्राउ गरियो। बोरा खोलेर जाँच्दा हजारौं गोलीका खोका फेला परेको जनाइएको छ।

पक्राउ परेकामध्ये एक जना बर्दियाका र अर्का भारतको बाबागन्जका रहेको प्रहरीले पुष्टि गरेको छ। दुवै जनालाई स्थानीयले वडा प्रहरी कार्यालय नेपालगन्जमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरी नायब उपरीक्षक दीपक पातली का अनुसार यति धेरै गोलीका खोका कहाँबाट प्राप्त भए भन्नेबारेमा अनुसन्धान भइरहेको छ। साथै, फरार रहेका उनीहरूका अन्य साथीहरूको खोजीसमेत जारी छ।

यसअघि टोलमा चोरी गर्ने चेतावनीसहित हिन्दी भाषामा कम्प्युटर प्रिन्ट गरिएको पर्चा टाँसिएको थियो। सोही धम्कीअनुसार चोरी गर्न आएका उनीहरूलाई स्थानीयले नियमित गस्तीका कारण पक्राउ गर्न सफल भएका हुन्।

स्थानीयवासीले केही दिनयता रातभर जाग्राम बसेर गस्ती गरिरहेका छन्। उनीहरूले प्रहरीलाई गस्ती बढाएर थप सुरक्षा व्यवस्था गर्न आग्रहसमेत गरेका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom