Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जलेश्वर कारागारबाट फरारमध्ये २३३ जना फर्किए, अझै ३४३ कैदी बेपत्ता


असोज ५, महोत्तरी

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलेश्वर कारागारबाट भागेका ५७६ जना कैदीबन्दीमध्ये २३३ जना फर्किएका छन्। बाँकी ३४३ जना अझै फरार अवस्थामा रहेका कारागार प्रशासनले जनाएको छ।

कारागारका जेलर अशोक क्षेत्री का अनुसार कैदीबन्दी फरार भएको भोलिपल्टै प्रशासनले आत्मसमर्पण गर्न आह्वान गरेपछि अहिलेसम्म दुई सयभन्दा बढी कैदी आफैं फर्किएका हुन्। तीमध्ये १२ जना भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागारमा ल्याइदिएका हुन् भने अन्य आफैं आएका हुन्।

भदौ २४ गते साँझ करिब ७ बजे करिब ५०० जनाको भीडले कारागार कार्यालयका तीन तहका ढोका तोड्दै “जेनजी” भन्दै कैदीलाई भगाएको थियो। त्यतिबेला कारागारमा ४० जना भारतीय नागरिकसहित ५७६ जना कैदी थिए।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल का अनुसार अझै नफर्किएका कैदीको खोजतलासका लागि तीनै वटै सुरक्षाङ्ग परिचालन गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom