असोज ५, काठमाडौं
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको विशेषज्ञ पदमा सरुवा गर्ने निर्णय गरेको हो।
शाक्यलाई सरुवा गरेपछि रिक्त बनेको कार्यकारी निर्देशकमा प्राधिकरणकै पूर्व उप–कार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरिएको छ।


.png)

