Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रास्कोट नगरपालिका–८ का वडाध्यक्ष सम्पर्कविहीन



कालीकोट, भदौ २३ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिका–८ का वडाध्यक्ष सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरी परिचालन गरिएको छ । गत बुधबार घरबाट ससुराली जान्छु भनेर निस्केका वडाध्यक्ष मनिराज बराल (स्टार) सम्पर्कविहीन भएको आज छ दिन पुगेको छ ।


कतै पनि नभेटिएपछि प्रहरी परिचालन गरेर खोजी भइरहेको नगरपालिकाले जनाएको छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले एक प्रेस नोट मार्फत वडाध्यक्ष बरालको खोजीका लागि नेपाल प्रहरी, नगर प्रहरीका साथै नगरपालिकाको टिम, कर्मचारी र आफन्तहरू सबै तिर परिचालित भएको बताउनुभयो ।


नगरपालिका उपप्रमुख मनिराज बरालले पनि वडाध्यक्ष बराल सम्पर्कविहीन भएको दिनदेखि गाउँ स्तब्ध भएको बताउनुभयो । हाम्रो एकै वडा हो, बुधबार साँझदेखि गाउँ स्तब्ध छ, सबै तिर खोजी हुँदा कर्णाली नदीको एक किनारमा वडाध्यक्ष बरालले लगाएको जस्तै कोट त्यो पनि एक पट्टीको बाउला नभएको अवस्थामा फेला परेकाले घटना भइसकेको हो की भन्ने त्रास परिवारका सदस्यलाई भएको बताउनुभयो ।


वडाध्यक्षको मानसिक समस्या देखिएको र केही महिनादेखि पाटन अस्पतालबाट औषधी सेवन गरी रहनुभएको थियो । 


वर्षाका कारणले कर्णाली राजमार्ग अवरुद्ध हुँदा थप औषधीका लागि जाने समय मिलेन त्यसैले बुधबार बिहानदेखि सम्पर्कविहीन भएको उपप्रमुख बरालले बताउनुभयो ।


उपप्रमुख बरालले पनि वडाध्यक्ष रास्कोट नगरपालिकाकै वडा नं ६, लामासिम ससुराली घर जान्छु भनेर गएको त्यस यता कसैको सम्पर्कमा नभएको बताउनुभयो । वडाध्यक्ष बराल नेकपा माओवादी केन्द्रबाट २०७९ सालको चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । नगरपालिका उपप्रमुख र वडाध्यक्षको नाम एकै रहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom