Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चार करोडभन्दा बढी नगद र ९ किलो सुनसहित पक्राउ परेका वृद्ध राजस्व विभाग पठाइए





काठमाडौँ, भदौ १८ गते । काठमाडौँ सामाखुसीबाट चार करोड २६ लाखभन्दा बढी नगद र ९ किलोभन्दा बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले थप अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग, हरिहर भवन पठाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मङ्गलबार पक्राउ परेका श्रेष्ठलाई बुधबार राजस्व विभागमा बुझाइएको हो।

श्रेष्ठलाई मङ्गलबार दिउँसो काठमाडौँ महानगरपालिका–२६ सामाखुशीस्थित घरबाट ठूलो मात्रामा नगद, सुन र चाँदीसहित नियन्त्रणमा लिएको थियो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर महाराजगन्ज र प्रहरी वृत्तको संयुक्त टोलीले उक्त कारबाही गरेको हो।

श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले उनका छोरा सनम खड्गीले कोठा भाडामा लिएको नयाँबजारस्थित घरमा समेत खानतलासी गरेको थियो। सामाखुसी र नयाँबजार दुबै स्थानबाट बरामद नगद र धनमाल बुधबार प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार कुल ४ करोड २६ लाख ४० हजार ५०० रुपैयाँ नगद, ९ किलोभन्दा बढी सुनका गहना र ३ किलोभन्दा बढी चाँदी बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom