Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतले सेप्टेम्बर १ देखि नेपालीसहित विदेशी नागरिक प्रवेशमा कडाइ गर्दै


नयाँ दिल्ली, भदौ १९ गते । भारतको केन्द्रीय गृह मन्त्रालयले २०२५ को अध्यागमन तथा विदेशी ऐन अन्तर्गत सेप्टेम्बर १ देखि लागू हुने गरी नयाँ नियमहरू सार्वजनिक गरेको छ।

नयाँ व्यवस्थाअनुसार नेपालसँग सीमा जोडिएका राज्यहरू, विशेषगरी उत्तर प्रदेशमा विदेशी नागरिकहरूको आवागमनमा कडाइ गरिनेछ। अबदेखि सबै विदेशी नागरिकहरू—नेपालीसहित ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) कार्डधारकले समेत “फारम सी” अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। होटेल, अस्पताल, शैक्षिक संस्था लगायतका माध्यममार्फत सम्बन्धित विवरण संकलन गरिने गृह मन्त्रालयले जनाएको छ। साथै, भारतमा अध्ययनरत ओसीआई विद्यार्थीहरूले “फारम एस” पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

भारत सरकारका अनुसार यो कदमले अवैध प्रवेश नियन्त्रण गर्न, राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन र नेपालसहित छिमेकी मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुर्‍याउनेछ।



Top Post Ad

post bottom ads

Ads Bottom