Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा अवैध सामानसहित इभी भ्यान नियन्त्रण





स्याङ्जा, भदौ १८ गते । जिल्ला स्याङ्जाको गल्याङ नगरपालिका–१, राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले अवैध सामानसहित एक इभी भ्यान नियन्त्रणमा लिएको छ।

बिहीबार दिउँसो करिब ४ः१५ बजे वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा बुटवलबाट पोखरतर्फ जाँदै गरेको ग १ ज ८५५९ नम्बरको इभी भ्यान रोकेर तलासी गर्दा ठूलो मात्रामा बिलबिनाका सामान फेला पारेको हो।

प्रहरीका अनुसार भ्यानमा ६० जोर ‘नाइक’ र ‘जर्डन’ ब्रान्डका जुत्ता तथा ७५ थान कुर्था–सरवाल बिना रसिद फेला परेपछि बरामद गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom