भदौ २३ गते । जेन–जी आन्दोलन भड्किएपछि प्रदर्शनकारीले संसद भवनको २ नम्बर गेटमा आगो लगाएका छन् । गेटमा लागेको आगो अहिले फैलिँदै गएको छ ।
त्यहाँ रहेका प्रत्यक्षदर्शीका अनुसार संसद भवनमा आवश्यक सुरक्षा तयारीको अभावका कारण आगो निभाउने तत्कालीन उपाय छैन । दमकल प्रवेश गर्न नसक्दा आगो अझै फैलिरहेको छ ।
प्रहरीले वाटर क्यानल संसद भवनभन्दा निकै टाढा राखेकाले आगो नियन्त्रणमा थप कठिनाइ भइरहेको जानकारी प्राप्त भएको छ ।




