भदौ २३ गते । काठमाडौं जिल्लामा जारी गरिएको कर्फ्यू क्षेत्र थप विस्तार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र लागू गरिएको कर्फ्यूलाई पछि व्यापक बनाउँदै राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रसम्म विस्तार गरेको हो ।
प्रशासनले जारी गरेको आदेशअनुसार आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लागू हुने जनाएको छ ।




