Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गण्डकीको राजधानी पोखरामा कर्फ्यु , भेला, जुलुस, प्रदर्शन, सभा, बैठक सँगै घेराउ गर्न नपाइने


भदौ २४ गते, गण्डकी प्रदेशको राजधानी कास्कीको पोखरामा प्रशासनले कर्फ्यु लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी आदेश अनुसार कर्फ्यु मङ्गलबार बिहान १० बजेदेखि राति १० बजेसम्म लागू हुने छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क अनुसार, पोखरा महानगरपालिका भित्र मुख्य क्षेत्रमा आवतजावतमा प्रतिबन्ध लगाइएको छ। आदेशले कुनै पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाइने स्पष्ट गरेको छ।

कर्फ्यु लागू हुने क्षेत्रको विवरण अनुसार, पोखरा महानगरपालिका वडा नं ९ को पृथ्वीचोकस्थित चाइना पुलदेखि विरौटा चोकसम्म, पुरानो एयरपोर्ट, नयाँबजार, महेन्द्रपुल र नदीपुर हुँदै केआई सिंह पुलसम्मका मुख्य सडक समेटिएका छन्। पश्चिमतर्फ वडा नं २ को बाग्लुङ बसपार्कदेखि जिरो किमी हुँदै हल्लनचोकसम्म, उत्तरतर्फ पृथ्वीनारायण क्याम्पस गेटदेखि ट्याक्सीचोक हुँदै बाग्लुङ बसपार्कसम्म, र दक्षिणतर्फ हल्लनचोकदेखि राष्ट्रबैंक चोक हुँदै विरौटासम्म क्षेत्र कर्फ्युमा राखिएको छ।

सोमबार पोखरामा भएको जेनजी आन्दोलनको प्रदर्शनका क्रममा चार जना घाइते भएका थिए भने २९ जना पक्राउ परेका थिए।

Top Post Ad

post bottom ads

Ads Bottom