Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हेटौँडामा बस–ट्रक ठोक्किँदा ३१ जना घाइते, केहीको अवस्था गम्भीर


असोज ६, मकवानपुर

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९, बस्तीपुर सडक खण्डमा बस र ट्रक ठोक्किँदा ३१ जना यात्रु घाइते भएका छन्।

चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुवाहक बसको साइड टायर पड्किएपछि बस अनियन्त्रित भई, हेटौँडाबाट चितवनतर्फ गइरहेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ। सो ट्रक पुनः अनियन्त्रित भई, काठमाडौँबाट बारातर्फ गइरहेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करमा ठोक्किँदा दुर्घटना भएको हो।

सोमबार दिउँसो भएको उक्त दुर्घटनामा बस र ट्रकमा सवार ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

घाइतेहरूलाई उद्धार गरी हेटौँडा अस्पताल मकवानपुर र सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। यस्तै, डिएसपी अर्यालको नेतृत्वमा करिब २५ जना प्रहरीको टोलीले दुर्घटनाग्रस्त सवारीसाधन हटाउने कार्य जारी राखेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom