राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उनीहरूले शपथ ग्रहण गरेका हुन्।
शपथ लिने मन्त्रीहरू :
-
महावीर पुन – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
-
अनिलकुमार सिंह – उद्योग, वाणिज्य, आपूर्ति तथा भूमिसुधार मन्त्री
-
मदन परियार – कृषि तथा पशुपन्छी विकास मन्त्री
-
जगदीश खरेल – सञ्चार तथा सूचना प्रविधि मन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका पाँचमध्ये चार मन्त्री मात्र शपथ लिएका हुन्। स्वास्थ्यमन्त्रीमा प्रस्तावित डा. संगीता कौशल मिश्राको नाम अन्तिम चरणमा रोकिएपछि आजको कार्यक्रममा उहाँले शपथ लिन पाइनन्।


.png)

