असोज ५, उदयपुर
उदयपुरको त्रियुगा नगरपालिका–३, चाँपस्थित बगरटोलमा ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो स्थानीय शङ्कर राईकी श्रीमती २४ वर्षीया रमिला राई को ढिस्कोमा पुरिएर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीका अनुसार उनी स्थानीय गेरुवा खोलको डिलमा माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएको हो।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जानकारी दिनुभयो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।




