Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नख्खु कारागारबाट भागेका कैदीले घरमा पुगेर गरे आफ्नै पत्नीको हत्या


असोज ५, काभ्रे

नख्खु कारागारबाट फरार भएका एक कैदीले आफ्नै पत्नीको हत्या गरेका छन्। पनौती नगरपालिका–१२ गागलका ३५ वर्षीय सन्तबहादुर तामाङ ले ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङ को हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पुष्टि गरेको छ।

जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका तामाङ जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका थिए।

घटनापछि आरोपी फरार रहेका र उनलाई खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय बनेपाको टोली पुगेर अनुसन्धान अघि बढाइरहेको छ।

हत्या कसरी भएको भन्ने विषयमा विस्तृत विवरण भने अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom