Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ





असोज ६, स्याङ्जा

जेन्जी  आन्दोलनको क्रममा कास्की कारागार, पोखराबाट फरार भएका कैदी यमबहादुर रोका १३ दिनपछि आफ्नै घर स्याङ्जाबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारीअनुसार कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका रोका भदौ २४ गते राति कारागारबाट फरार भएका थिए। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र मातहत इकाईबाट खटिएको अपरेसन टोलीले असोज ६ गते बिहान भिरकोट नगरपालिका–३ स्थित उनको घरमै लुकिरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका रोकालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीको भनाइ छ।



Top Post Ad

post bottom ads

Ads Bottom