तनहुँ, भदौ १८ । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा मंगलबार राति दुई स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।
ग २१ प ३०३६ र ग २३ प ८००७ नम्बरका स्कुटर ठोक्किँदा म्याग्दे–७ का ३२ वर्षीय विजय थापालाई गम्भीर चोट लागेको थियो। उपचारका लागि दमौलीस्थित प्रदेश अस्पतालमा लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा घाइते भएका पोखरा–१७ का १९ वर्षीय प्रविण क्षेत्रीलाई उपचारका लागि पोखरा लगिएको प्रहरीले जानकारी दिएको छ।