Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आन्दोलनको मौका छोपी पोखरामा चोरी गर्ने एक जना पक्राउ, गरगहना र नगद बरामद





पोखरा, कास्की —
मिति २०८२ साउन २४ गते साँझ करिब ७ बजेतिर पोखरा–१४, चाउथे स्थित दुईवटा घरबाट सुनचाँदीका गरगहना र नगद चोरी भएको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले अनुसन्धानका क्रममा हाल पोखरा–१४, चाउथे बस्दै आएका रुपन्देही, बुटवल–९ घर भएका ३१ वर्षीय मोती गुरुङलाई नियन्त्रणमा लिएको हो। गुरुङको कोठाबाट चोरी भएका विभिन्न गरगहना र नगदसहितका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामग्रीमध्ये छड्के तिलहरी १ थान, रातो पोतेसहितको माईलि तिलहरी २ थान, रातो गेडी भएको जन्तर १ थान, मिनिहार १ थान, बाला ३ थान, चन्द्रमा २ थान, कानमा लगाउने झुम्का २ थान, बंगाली टप २ थान, बंगाली औंठी १ थान, हेक्सा ब्लेड ४ थान, फलामको छिनो १ थान, फलामको रड १ थान, चरेशको थाल २ थान, तामाको पाला (दियो) ४ थान, मोबाइल १ थान, नेपाली नगद रु. ३,५१३, कोरियन पैसा ४६ हजार वोन, मलेसियन मुद्रा ४०० रिङ्गिट र अमेरिकी डलर ९१ पाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कास्की जिल्ला अदालतबाट चोरी मुद्दामा १० दिनको म्याद थप गरिएको छ र थप अनुसन्धान जारी छ।

Top Post Ad

post bottom ads

Ads Bottom