Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जेनजीको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु


भाद्र २४, जेनजीको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

सोमबार नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा गोली लागेका ती प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले अश्रुग्यास र रबर गोली प्रयोग गरेको थियो । गोली लागेर घाइते भएकामध्ये एक जनाको ज्यान गएपछि आन्दोलनकारी झन् आक्रोशित बनेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom