भदौ २३ गते । पोखरामा भइरहेको ‘जेन जी’ आन्दोलनले सोमबार बिहान उग्र रूप लिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालयमा तोडफोड र आगजनी प्रयास गरिएको छ ।
सभागृह चोकबाट जुलुसका रूपमा अघि बढेका प्रदर्शनकारी कार्यालय परिसरमा पुगेपछि ढुङ्गामुढा गरेका थिए । प्रहरी प्रशासनले परिस्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।
प्रदर्शनकारीहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयदेखि सर्वव्यापी भ्रष्टाचारविरुद्ध तीव्र नाराबाजी गरेका छन् । “जनताको आवाज दबाउन पाइँदैन”, “भ्रष्ट नेता होसियार” जस्ता नारासहित उनीहरूले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
बिहान १० बजे सुरु भएको विरोध कार्यक्रम अहिलेसम्म जारी रहेको र वातावरण अझै तनावपूर्ण बनेको प्रहरीले जनाएको छ ।




