Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बुवाको नाम प्रयोग गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका छोरा पक्राउ



भदौ २२ गते । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा परीक्षामा बुवाको नाम प्रयोग गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका छोरा फेला परेपछि क्याम्पस प्रशासनले उनलाई प्रहरीको जिम्मा लगाएको छ ।

क्याम्पस प्रमुख मोहन यादवका अनुसार मानविकी संकायको राजनीतिशास्त्र स्नातकोत्तर तह, तेस्रो सेमेस्टरको परीक्षामा सिम्बोल नम्बर १५२७०२३ का परीक्षार्थी मोहम्मद शहाबुद्दीनको प्रवेशपत्रमा आफ्नै फोटो टाँसी उनका २५ वर्षीय छोरा मोहम्मद अफताब परीक्षामा बसेका थिए ।

घटना पत्ता लागेपछि अफताबलाई पक्राउ गरी थप कारबाहीका लागि प्रहरीलाई बुझाइएको हो । नक्कली परीक्षार्थी पठाउने शहाबुद्दीन र परीक्षामा बसेका अफताब दुवैमाथि त्रिभुवन विश्वविद्यालयको सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा २७० (क) अनुसार कारबाही हुने क्याम्पस प्रशासनले जनाएको छ ।

शहाबुद्दीन नेपाली काँग्रेस पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति तथा वीरगञ्ज महानगरपालिका–३ छपकैयाका बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार अफताबलाई वडा प्रहरी कार्यालय बिर्तामा राखी अनुसन्धान भइरहेको छ ।

प्रहरी उपरीक्षक मिश्रले बताए अनुसार शिक्षा ऐन तथा प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइनेछ ।

Top Post Ad

post bottom ads

Ads Bottom