महानगरपालिकाका मेयर बालेन शाहले भोलि तय गरिएको ‘जेन–जी प्रदर्शन’प्रति आफ्नो समर्थन जनाएको घोषणा गरेका छन् ।
दलीय भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ताले संसद् भवन नयाँ बानेश्वर र माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरिरहेको अवस्थामा मेयर शाहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै युवापुस्ताको यस कदमलाई पूर्ण साथ दिने बताएका हुन् ।
उनले आन्दोलनलाई कुनै पार्टी वा नेताको स्वार्थ पूर्ति गर्ने साधन नबनाउन सबैलाई आग्रह गर्दै भनेका छन्, “जेन–जीको यो पहल स्वतःस्फूर्त हो, यसलाई व्यक्तिगत वा राजनीतिक लाभका लागि दुरुपयोग नगर्नुहोस् ।”




