Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आन्दोलनमा ज्यान गुमाएका युवाप्रति शोक, दुई दिन विद्यालय बन्द रहने



भदौ २३, पोखरा । हालै देशका विभिन्न स्थानमा भएका आन्दोलनका क्रममा युवाको ज्यान गुमेपछि निजी तथा सामुदायिक शैक्षिक संस्थाहरूको साझा निकायहरूले दुई दिन शोक विदा दिने घोषणा गरेका छन्।

संयुक्त रूपमा जारी विज्ञप्तिमा आन्दोलनका क्रममा असंख्य युवा तथा विद्यार्थीले अमूल्य ज्यान गुमाउनु परेको भन्दै गहिरो दुःख प्रकट गरिएको छ। विभिन्न अस्पतालमा सयौं घाइतेको उपचार भइरहेको र यस घटनाले केवल शैक्षिक क्षेत्र मात्र नभई सम्पूर्ण नेपाली समाजलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै असामयिक रूपमा ज्यान गुमाउनुपरेको घटनालाई स्मरण गर्न भदौ २४ र २५ गते देशभरका शैक्षिक संस्था दुई दिन शोक विदा दिने निर्णय गरिएको जानकारी गराइएको छ।

एन.एम. एशोसिएसन, हिसान, नेशनल प्याव्सन र प्याव्सनलगायतका संस्थाले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज र सबै सरोकारवालालाई संयमता र धैर्यका साथ सामाजिक शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न आह्वान गरिएको छ।




Top Post Ad

post bottom ads

Ads Bottom