Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कुटपिटबाट घाइते भएका ३० वर्षीय युवकको मृत्यु, एक जना पक्राउ


झापा ।

झापाको बिर्तामोड नगरपालिका–५ मा भएको कुटपिट घटनामा एक युवकको मृत्यु भएको छ।

गएराति स्थानीय ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा राजवंशी घाइते भएका थिए।
उनीलाई तत्काल उपचारका लागि बिएन्डसी अस्पताल, बिर्तामोड लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

कुटपिटमा संलग्न भएको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई प्रहरीले शिवशताक्षी नगरपालिका–७ बाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।

उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom