Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गयो , चालकको खोजी हुँदै


कात्तिक ७ गते ।

दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

लटिनाथबाट सार्सी जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १६६२ नम्बरको जिप शुक्रबार बिहान दानीखेतमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गाडी धनी ३४ वर्षीय करबिर सिंह ठगुन्ना गाडीको बीच सिटमा बेहोस अवस्थामा फेला परेका थिए।
उद्धार गरी स्वास्थ्य चौकी लगिएकोमा उनको मृत्यु भइसकेको स्थानीयहरूले बताएका छन्।

गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ।
जिप कसले चलाएको हो र दुर्घटना कसरी भयो भन्ने बारे एकिन भइसकेको छैन।

हाल चालकको खोजी र घटनाको थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय लटिनाथका प्रनानी जंगबहादुर चन्दले जानकारी दिनुभयो।

Top Post Ad

post bottom ads

Ads Bottom