Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कल्भर्टमा बसिरहेका दुई किशोरको चट्याङ लागेर ज्यान गयो

 



रौतहट, असोज १८। रौतहटमा चट्याङ लागेर दुई किशोरको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार साँझ करिब साढे ६ बजे कटहरिया नगरपालिका–२ हथियाहीका १७ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको हो।

सेराज लहेरी इसु मिया लहेरीका नाति र मरुलाल लहेरीका छोरा हुन् भने नवीन यादव पनिलाल यादवका नाति र रामधेनु यादवका छोरा हुन्।

प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता राजु कार्कीका अनुसार लहेरीको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका यादवको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको हो।

आधारभूत विद्यालय हथियाही नजिकैको कल्भर्टमा बसिरहेका बेला परेको चट्याङले उनीहरूलाई लागेको हो। चट्याङ लाग्दा यादवको शरीर जलेको र लहेरीलाई समेत गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

मृतक दुबैजनाको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा लगिएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom