Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कात्तिकेमा सडकबाट बोलेरो भिरमा खस्दा ज्यान जानेको संख्या ६ पुग्यो


असोज १८ गते । तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिकेमा बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जाकारी दिनुभयो । 


ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरानका लागि छुटेको जिप शनिबार दिउँसो करिब १२ बजे  दुर्घटनामा परेको थियो ।


मे १ ज ३०५५ नम्बरको जिप बिहान तमोर करिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ रानीगाउँस्थित कात्तिकेमा सडकबाट करिब तीनसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


जिपमा चालकसहित १२ जना यात्रु सवार रहेको र मृतकमध्ये ६ जानको घटना स्थलमै मृत्यु भएको हो । अन्य छ जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी थप उपचारका लागि धरानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी खेमराज घिमिरेले जानकारी दिनुभयो ।


घटनास्थलमा अझै उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ । घाइते र मृतकहरुको नाम वतन खुल्न नसकेको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom