Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चैनपुरमा मङ्गलबार कार दुर्घटना हुदा एक जनाको मृत्यु, दुई घाइते


 कात्तिक ११ गते । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–६, चैनपुरमा मङ्गलबार कार दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।


मृत्यु हुनेमा कारमा सवार मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका–१७ निवासी ६५ वर्षीय ओमबहादुर अर्जेल रहेका छन् । त्यस्तै उहाँको श्रीमती ४९ वर्षिया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


कार्यालयका अनुसार विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा. ७ च. ७५५४ नम्बरको उक्त कार आफै अनियन्त्रीत भई सडकबाट करिब ४२ फिट तल खसेर दुर्घटना भएको हो । 


तत्काल उद्धार गरी तीनै जना घाइतेलाई आत्मिय सामुदायिक अस्पताल खाल्टेमा उपचारका लागि ल्याइएकोमा कार चालकसमेत रहनुभएका ओमबहादुरलाई चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।


अन्य दुबै जना घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom