Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

 

स्याङ्जा । जवरजस्ती करणी मुद्दामा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला स्याङ्जा वालिङ नगरपालिका–१४ पेखुदेउराली निवासी २५ वर्षीय सागर खवासलाई प्रहरीको विशेष अपरेसन टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार  उनीमाथि २०८१ साल वैशाख १४ गते रातिको समयमा परिवर्तित नाम “०८१/०८२ वालिङ D” लाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो।

मुद्दा दर्ता भएपछि फरार रहेका उनलाई वालिङ नगरपालिका–१ ओडारे क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा २०८२ साल असोज १ गते वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाइँदै थप अनुसन्धान भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom