Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

कास्की कारागारबाट फरार कैदी स्याङ्जाबाट पक्राउ


पोखरा , कात्तिक ३० गते ।

जेनजी  आन्दोलनमा कास्की कारागारबाट फरार भएका एक कैदी स्याङ्जाबाट पक्राउ परेका छन्। मिति २०८२/०५/२४ गते कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका कैदीलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, प्रहरी चौकी फेदिखोला (स्याङ्जा) र विशेष अपरेशन टोलीले संयुक्त रुपमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार मिति २०८२/०७/३० गते फेदिखोला गाउँपालिका–१ बाट पक्राउ परेका व्यक्ति यसप्रकार छन्–

पक्राउ परेका कैदी :

  • नाम : सुनिल थापा
  • उमेर : ३१ वर्ष
  • ठेगाना : स्थायी घर कास्की–१८, हाल स्याङ्जा फेदिखोला–१
  • मुद्दा : चेक अनादर

फरार थापा फेदिखोला क्षेत्रमै लुकिरहेको सूचनाका आधारमा प्रहरीको विशेष टोलीले घेरा हालेर नियन्त्रणमा लिएको हो। पक्राउपछि उहाँलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार फरार कैदीको खोजी कार्य निरन्तर जारी रहेको र अन्य संभावित फरारहरूबारे थप अनुसन्धान भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom