Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

तीव्र गतिको बस साँघुरो मोडमा अनियन्त्रित भएर पल्टिँदा पाँच जना घाइते


कात्तिक १५ गते — बाजुराको बुढीनन्दा नगरपालिका–७ सेरकाटियानजिक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

बुढीनन्दा–१ को कोल्टी बसपार्कबाट मार्तडी हुँदै धनगढी जाँदै गरेको सुप्र ०१–००१ ख ३१८१ नम्बरको बस सडकबाट पल्टिँदा दुर्घटना भएको हो।

घाइते हुनेमा बडिमालिका–७ का शङ्करराज सार्की (४२), जयराज जैशी (३२), बुढीनन्दा–१ का सेते लुहार (५३), जङ्गबीर सार्की (५३), जयलाल विक (४४) र गौमुल गाउँपालिका–६ का चालक तुलाराम सार्की (२१) रहेका छन्।

सभी घाइतेलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लगिएको र उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगन भाटले जानकारी दिए।

दुर्घटनाको कारण सडक साँघुरो र मोडयुक्त भएकाले बस अनियन्त्रित भएको अनुमान गरिएको छ।
उद्धार कार्य सुदूरपश्चिम यातायात बाजुराको उद्धार समितिले गरेको हो।

Top Post Ad

post bottom ads

Ads Bottom