प्रहरीका अनुसार, २०८२ असोज २४ गतेको जेन्जी आन्दोलनका क्रममा प्रहरी वृत्त स्वयम्भूबाट CF98-9 मोडेलको पेस्तोल (नं. 000858 08236), एक थान म्याग्जिन र १५ राउन्ड गोली लुटिएको थियो। पछिल्ला दिनमा उक्त हतियार विभिन्न व्यक्तिहरूबीच खरिद–बिक्री हुँदै आएको सुराकी पाएपछि प्रहरीले अपरेसन तीव्र पारेको थियो।
त्यस क्रममा, मिति कात्तिक १४ गते दिउँसो १२:२० बजे काठमाडौँ महानगरपालिका–१७ क्षेत्रपाटीस्थित प्रभात मल्लको कपडा पसलमा प्रहरीले छापा मारी चेन्जिङ रुमभित्र कपडाले बेरेर लुकाइराखिएको पेस्तोल र गोली फेला पारेको हो।
पक्राउ परेकाहरू
प्रहरीले सबै पाँच जनालाई नियन्त्रणमा लिएर हतियारसम्बन्धी मुद्दामा अनुसन्धान थालेको जनाएको छ। प्रहरी वृत्त स्वयम्भूका एक अधिकारीका अनुसार, “लुटिएको सरकारी पेस्तोल निजी हातमा पुगेको पुष्टि भएको छ, अब यसका स्रोत र वितरण सञ्जालबारे थप अनुसन्धान भइरहेको छ।”
प्रहरीले यस घटनालाई जेन्जी आन्दोलनका क्रममा भएको सुरक्षाघातसँग सम्बन्धित गम्भीर आपराधिक घटना मानेर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक विवरणअनुसार, पेस्तोल पाँच चरणमा हात बदल्दै अन्ततः प्रभात मल्लले खरिद गरी लुकाएका थिए।
प्रहरी स्रोतका अनुसार, हतियार फेला परेपछि लुटपाटमा संलग्न अन्य सम्भावित व्यक्तिहरूको खोजी पनि तीव्र पारिएको छ।




