इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काका अनुसार, भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा अनारमनी प्रहरी कार्यालयमा भएको तोडफोड तथा आगजनी घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
हाल पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ।






