Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लमजुङमा बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु





लमजुङ, कात्तिक २३ गते।
लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मर्स्याङ्दी गाउँपालिका–३ खुदिबाट नाइचे तर्फ सिमेन्ट लिएर जाँदै गरेको बा ८ च ३७३१ नम्बरको बोलेरो जिप शुक्रबार राति दुर्घटनामा परेको हो।

दुर्घटनामा दोलखा मेलुङ–४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो।

जिप अनियन्त्रित भई करिब ८०० मिटर तल खस्दा दुवै गम्भीर घाइते भएका थिए। उद्धारपछि उनीहरूलाई उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल पुर्‍याइएको भए पनि उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बू भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।



Top Post Ad

post bottom ads

Ads Bottom