Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका युवकको मृत्यु



कात्तिक २१ गते — जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका ३५ वर्षीय गंगे सुनारको मृत्यु भएको छ। उनी लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका थिए। प्रहरीका अनुसार शुक्रबार बिहान बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढाथोकीका अनुसार, वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका सुनारलाई अन्य थुनुवाले बिहान उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा निधन भएको थियो।

डीएसपी बुढाथोकीले भने, “सुनारसँगै सुतेका थुनुवाले उठाउँदा प्रतिक्रिया नआएपछि तुरुन्त अस्पताल लगिएको हो, तर चिकित्सकले मृत घोषणा गर्नुभयो।”

प्रहरीका अनुसार सुनार ७८ दिनदेखि हिरासतमा रहेका थिए। चार दिनअघि उनको मुद्दा सरकारी वकिल कार्यालयमा पुगेको र शुक्रबार नै अदालतमा पेशी तय गरिएको थियो।

घटनापछि प्रहरी कार्यालयले हिरासतको सीसीटीभी फुटेज परीक्षण गरेको छ। फुटेजमा सुनार सुत्नुअघि बाथरुममा गई टाउको नुहाएर फर्किएको र सुत्दा घुर्ने भएकाले साथीहरूले नघुर्न भनिरहेको देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom