Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

अख्तियार पोखरामा १२ सय उजुरी दर्ता

 

पोखरा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा आर्थिक वर्ष २०८१/८२ मा एक हजार २०१ नयाँ उजुरी दर्ता भएका छन्। अघिल्लो वर्षका १५९ उजुरीसहित कुल एक हजार ३६० उजुरीमध्ये करिब ८७ प्रतिशत उजुरी स्क्रिनिङ र प्रारम्भिक छानबिनपछि फछ्र्यौट भएका छन्। हाल १०१ उजुरी मात्र बाँकी रहेका आयोगले जनाएको छ।

शुक्रबार गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष पेश गरिएको आयोगको ३५औँ वार्षिक प्रतिवेदनमा उक्त विवरण समावेश गरिएको छ। आयोगका पोखरा कार्यालय प्रमुख डा. नारायणप्रसाद रेग्मीले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रतिवेदन प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेका हुन्।

डा. रेग्मीका अनुसार हाल बाँकी रहेका १०१ उजुरीमध्ये केही छानबिनको अन्तिम चरणमा छन्। उनका अनुसार, देशका अन्य प्रदेशको तुलनामा गण्डकीमा उजुरी संख्या कम भए पनि स्थानीय तहबीच सबैभन्दा बढी उजुरी पोखरा महानगरबाट दर्ता भएका छन्।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख डिल्लीराज भट्टले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन नै नागरिकको मुख्य चाहना भएको बताउँदै आयोगले अझ सक्षम र प्रभावकारी ढंगले कार्य गर्नुपर्नेमा जोड दिए।
“आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण कार्य हो। मुलुकमा सुशासन स्थापना गर्न अख्तियारको भूमिका महत्वपूर्ण रहेको छ,” उनले भने, “विश्वास छ— आयोग अझ सक्रिय भएर पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न योगदान पुर्‍याउनेछ।”

Top Post Ad

post bottom ads

Ads Bottom