Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

भेरी करिडोरमा ब्रेक फेल भएर जिप दुर्घटना हुँदा चालकसहित १२ घाइते



मङ्सिर १९ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४, बाँकेज्युलास्थित भेरी करिडोरमा एक जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। शुक्रबार दिउँसो जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाबाट राडीातर्फ जाँदै गरेको लु.१ ज. २०८२ नम्बरको जिप सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

दुर्घटनामा ३१ वर्षीय चालक राज विक, सहचालक डिलबहादुर विक तथा आठबिसकोटका अन्य यात्रु गरी १२ जना घाइते भएका हुन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए।

घटना लगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले स्थानीयको सहयोगमा उद्धारकार्य जारी राखेको छ। सबै घाइतेलाई उपचारका लागि आठबिसकोट नगर अस्पताल लगिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार जिपको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom