Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

थुनाबाट फरार युवक १० लाखभन्दा बढी नगदसहित पक्राउ



मङ्सिर २६, काठमाडौं ।
विभिन्न २२ मुद्दामा थुनामा रहेर फरार भएका एक युवक राजधानीमा नगदसहित पक्राउ परेका छन्। नुवाकोट बेलकोटगढी नगरपालिका–९ निवासी र हाल काठमाडौं ठमेल बस्दै आएका २८ वर्षीय दीपक गजुरेललाई नेपाल प्रहरीले पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक एवं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार मङ्सिर २४ गते राति सिनामंगलस्थित राजश्री फाइनान्स र मङ्सिर २५ गते राति १२:३० बजे सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तलामा रहेको ‘नेपाल होलिडे ट्रेक एन्ड ट्राभल्स’ कार्यालयबाट चोरी गरिएका रु १० लाख २३ हजार ५०० नगद तथा विभिन्न सामानसहित गजुरेललाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले पक्राउ परेका गजुरेलविरुद्ध सहकारी चोरी, चोरी, लागुऔषध, अभद्र व्यवहारलगायत गरी २२ वटा मुद्दा दर्ता रहेको जनाएको छ। उनी केन्द्रीय कारागार, जगन्नाथ देवलबाट भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भागेर फरार रहेको खुलेको छ।

उनको साथबाट बरामद सामग्रीमा
– चोरीका सामान,
– खैरो रङको ‘Sone’ लेखिएको झोला,
– हरियो हुडी,
– स्पोर्ट्स पञ्जा,
– दुई थान पाएल,
– क्यानन क्यामेरा,
– दुई थान हार्डड्राइभ,
– रजिष्टर, नागरिकता र अन्य कागजात तथा बैंक चेकहरू समावेश छन्।

गजुरेललाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom