Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

एम्बुलेन्समा लुकाईछिपाई गाँजा ओसार्दै गर्दा दुई जना पक्राउ



मोरङ । लागूऔषध गाँजा ओसारपसारमा संलग्न दुई जनालाई मोरङ प्रहरीले एम्बुलेन्ससहित नियन्त्रणमा लिएको छ।

पुस १३ गते राति अन्दाजी २३:०० बजे मोरङको केराबारी गाउँपालिका–५ लाफाटोलस्थित सडक खण्डमा लागूऔषध गाँजा ल्याइँदैछ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी तथा इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो।

प्रहरीले प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोकी जाँच गर्न खोज्दा प्रहरी देख्नासाथ चालक तथा सहचालक एम्बुलेन्स छाडेर भाग्न खोजेका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट १ राउण्ड गोली फायर गरेको जनाइएको छ। त्यसपछि प्रहरीले धनकुटाको शहिदभूमि गाउँपालिका–१, छिन्ताङमा रहेको सूर्यबहादुर थापा प्रतिष्ठान खाल्साबाट सञ्चालित उक्त एम्बुलेन्स नियन्त्रणमा लिएको हो।

एम्बुलेन्सको जाँच गर्दा लुकाईछिपाई राखिएको ५२१ केजी लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटा शहिदभूमि गाउँपालिका–६ बस्ने ३५ वर्षीय निश्चल राई र धनकुटा सागुरिगढी गाउँपालिका–२ बस्ने २० वर्षीय खगेन्द्र लिम्बु रहेका छन्।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom