Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

पोखरामा सवारी दुर्घटना गराई फरार रहेका बोलेरो जिपसहित चालक पक्राउ

 
पक्राउ परेको सवारी, फोटो : जि.प्र.का. कास्की 



पोखरा, पुस १२ गते ।
सवारी दुर्घटना गराई फरार रहेका बोलेरो जिप र चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ। दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते छन्।

प्रहरीका अनुसार पुस १० गते राति करिब १०:४८ बजे पोखरा महानगरपालिका–७ मुस्ताङचोकस्थित बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको नम्बर नखुलेको बोलेरो जिपले राष्ट्र बैंक चोकबाट मुस्ताङचोकतर्फ आउँदै गरेको ग ९ प ६१८५ नम्बरको स्कुटरलाई ठक्कर दिएर फरार भएको थियो।

दुर्घटनामा स्कुटर चालक स्याङ्जा फेदीखोला गाउँपालिका–३ स्थायी वतन भएका २० वर्षीय विवेक रानाभाट र पछाडि सवार गोरखा सिरानचोक गाउँपालिका–१ घर भई हाल पोखरा महानगरपालिका–१७ घारीपाटन बस्दै आएका २० वर्षीय प्रविन गुरुङ गम्भीर घाइते भएका थिए।

सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले दुवै घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा लगेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान स्कुटर चालक विवेक रानाभाटलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। पछाडि सवार प्रविन गुरुङको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटना गराई फरार रहेको सवारी साधन तथा चालकको खोजतलासका क्रममा शुक्रबार बिहान करिब ९ बजे पोखरा महानगरपालिका–७ मासबार क्षेत्रबाट ग ३ च १९०३ नम्बरको सिङ्गल क्याब बोलेरो जिपसहित चालक पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा चितवन इच्छाकामना गाउँपालिका–३ स्थायी वतन भएका २० वर्षीय देवबहादुर गुरुङ रहेका छन्। उनलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom